News Nepal
News Nepal

News Nepal

@newsnepal
30 w ·Translate

स्कालोनी २०२६ सम्म अर्जेन्टिनाको प्रशिक्षक रहने
१६ फागुन, काठमाडौं । अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाएका प्रशिक्षक लियोनल स्कालोनी २०२६ सम्मै अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन् । ४४ वर्षीय प्रशिक्षक स्कालोनीले राष्ट्रिय टिममा सम्झौता नवीकरण गरेका छन् ।

सम्झौता नवीकरणका लागि अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापिया र स्कालोनीबीच पेरिसमा सोमबार भेट भएको संघले विज्ञप्तीमार्फत जनाएको छ ।
#onlinekhabar #newsnepal

image
30 w ·Translate

सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित छ : प्रधानमन्त्री प्रचण्ड
१६ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् ।
नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
#prachanda #onlinekhabar

image
30 w ·Translate

यू—१९ विश्वकप छनोटः आज नेपाल र मलेसिया खेल्दै
फागुन १६,२०७९ मंगलबार,
काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू-१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो चौथो खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड-२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।
#nayasarokar.com #nayasarokar

image
1 y ·Translate

७ जिल्लामा निर्वाचन आयोगले खटायो केन्द्रीय अनुगमन टोली
काठमाण्डाै - पालिका चुनावका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका जिल्लामा केन्द्रीय अनुगमन टोली खटाइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, विश्वसनीयतालगायतका विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताउनुभयो । उहाँले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत चुनाव सम्पन्न गर्न कुनै पनि आग्रह—पूर्वाग्रह नराखि ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिनुभएको छ ।

image
1 y ·Translate

हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं : हिमालयन हाइड्रोपावरले आज आइतबार वैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ८.२२% अर्थात ९ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दालाई आइपीओ जारी गरेको हो ।

त्यस्तै, मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा नै ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुको लागि आइपीओ निष्कासन गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा जेठ ८ गतेसम्म र ढीलोमा जेठ २३ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुछ«े बैंकको मादी शाखा कस्कीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
#iponews