अर्थतन्त्र सुधार्न सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ : नवनियुक्त अर्थमन्त्री महत


काठमाडौँ — नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याको निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अर्थतन्त्रलाई चलायमान गर्नको लागि आफू सक्रिय रुपमा लाग्ने बताए ।
अहिले राजस्वले चालु खर्च समेत नधान्ने अवस्था रहेको बताउँदै उनले राजस्व संकलनलाई उच्च प्राथमिकता दिने बताए । साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने उनको भनाइ छ । हाल सहकारी तथा लघुवित्तमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । अर्थतन्त्रका समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरु खोजेर अघि बढ्ने उनको भनाइ छ ।
‘माइक्रोफाइनान्स तथा सहकारीमा जुन समस्या देखिएका छन्, राष्ट्र बैंकसँग समन्वय गरी अघि बढ्नु आवश्यक छ’ महतले भने ‘ब्याजदर उच्च छ, सेयर बजार झरेको छ, यो निराशालाई आशामा बदल्नुपर्नेछ ।’ अर्थतन्त्रका समस्या समाधानका लागि आफू एक्लैले मात्रै नभई सम्पूर्ण रुपमा मन्त्रालयको टिमले साथ दिनुपर्ने उनले बताए । कर थपेर भन्दा पनि दायरा बढाएर राजस्व बढाउनुपर्ने उनले बताए ।
आर्थिक क्षेत्रमा क्रियाशील उद्यमी, गैरआवासीय नेपाली, व्यवसायी सबैलाई समेटेर सकारात्मक वातावरण बनाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । अर्थतन्त्रलाई उकास्नेतर्फ नै आफ्नो प्रमुख ध्येय रहेको उनको भनाइ छ । मिटरब्याज पीडितको समस्या तथा उद्योगीले लागत ज्यादा भयो भन्ने गुनासा गरेकाले ती समस्या समाधानमा आफू लाग्ने उनले बताए । बजेटअगाडि सम्मान, बधाईजस्ता कार्यक्रममा आफूले भाग नलिने उनले प्रतिबद्धता जनाए ।

- Samsung Galaxy M04Rs. 15,499Super Powerful | Super Entertaining | Available Only on Daraz | Pre-Order Now for Extra Rs. 500 Voucher
- Brown Betbans Oval Baby CotRs. 3,600Made In Nepal | 100% Hand Made | Suitable for Children up to 3 Years Old
- Reusable Silicone Food BagsRs. 449Food Grade Food Preservation | 2 Pcs (1Ltr + 1.5 Ltr)
