सन्दीप लामिछाने: क्यारेबियन लीग खेल्न जाने नेपाली खेलाडीले 'अमेरिकाको भिसा पाएनन्'

अन्तर्राष्ट्रिय स्तरका विभिन्न व्यावसायिक लीगमा ख्याति कमाएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफ??


सामाजिक सञ्जाल ट्विटरमा लामिछानेले वेस्ट इन्डीजमा हुन लागेको क्यारेबियन प्रीमीअर लीग खेल्न जाने क्रममा आफूले अनुरोध गरेको अमेरिकाको प्रवेशाज्ञा नपाएको लेखेका छन्।

उन्नाइस वर्षीय नेपाली स्पिनर लामिछानेले अहिलेसम्म भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका व्यावसायिक लीगमा खेलिसकेका छन्।

यो वर्ष दोस्रो पटक क्यारेबियन लीग खेल्न निम्त्याउने क्रममा बार्बेडस ट्राइडन्ट्स् क्लबले लामिछानेलाई झन्डै ७८ लाख रुपैयाँ तिर्ने कबोल गरेको थियो।

अस्वीकृत
प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालस्थित अमेरिकी राजदूत अनि राजदूतावासलाई पनि मेन्शन गर्दै लामिछानेले अमेरिकाको प्रवेशाज्ञा नपाउँदा क्यारेबियन लीग खेल्न जान आफूलाई गाह्रो हुने लेखेका छन्।

क्यारेबियन लीगमा सन्दीप लामिछाने महँगो मूल्यमा
सन्दीप लामिछानेको क्रिकेट यात्रा
उनले ट्विटरमा लेखेका छन्, "राष्ट्रिय खेलाडी हुनाको नाताले सन् २०१६ यता आफ्नो देशलाई विश्वभरिका लीगमा प्रतिनिधित्व गर्दैआएको हुनाले मेरो भिसा अस्वीकार गरिँदा म ठूलो आश्चर्यमा परेको छु।"


Bimal Basnet

1 Blog posts

Comments
Govinda Kandel 27 w

Hlo